Chemotherapy in Nepali (केमोथेरापी)
केमो थेरा पी भनेको के हो ? यसले कसरी का म गर्छ? केमोथेरापी भनेको क्यान्सर कोशिका(cancer cells)हरू नष्ट गर्न औषधिको प्रयोगगरी उपचार गर्ने पद्धति हो। यस क्यान्सर उपचारमा, क्यान्सर विशेषज्ञहरूलेकेमोथेरापीको रूपमा एक वा बढी क्यान्सर विरोधी औषधिहरू प्रयोग गर्छन्।क्यान्सर कोशिकाहरू सामान्यतया सामान्य कोशिकाहरू भन्दा छिटो बढ्छन् रविभाजित हुन्छन् त्यसैले केमोथेरापी औषधिहरूले कोशिकाहरूलाई आक्रमण गरेरवा क्यान्सर कोशिकाहरूलाई बढ्न, छिटो विभाजन हुन, र थप कोशिकाहरूबनाउनबाट रोक्न काम गर्दछ। धेरै फरक केमोथेरापी औषधिहरू उपलब्ध छन्।केमोथेरापी औषधिहरू विभिन्न प्रकारका क्यान्सरहरूको उपचार गर्न एक्लै वासंयोजनमा प्रयोग गर्न सकिन्छ। केमो थेरा पी कस्तो अवस्था मा प्रयो ग गरि न्छ? ओन्कोलोजिस्ट(Oncologist)हरूले विभिन्न समयमा तथा विभिन्न तरिकालेकेमोथेरापी प्रयोग गर्छन् जस्तै :अन्य उपचारहरूलाई अझ प्रभावकारी बनाउनको लागि- उदाहरणकालागि, रेडियोथेरापी (केमोरेडिएशन) सँग जोडेर वा शल्यक्रिया गर्नुअघि प्रयोग गरिन्छ। यसलाई Neo-adjuvant केमोथेरापी भनिन्छ।शल्यक्रिया वा विकिरण थेरापी पछि कुनै पनि बाँकी रहेका क्यान्सरकोशिकाहरूलाई नष्ट गर्न र क्यान्सर फिर्ता आउने जोखिम कम गर्नप्रयोग गरिन्छ। यसलाई adjuvant केमोथेरापी भनिन्छ।क्यान्सरलाई पूर्ण रूपमा निको पार्न। यसलाई उपचारात्मक(curative) केमोथेरापी भनिन्छ।उपचार सम्भव नभएको अवस्थामा लक्षणहरू कम गर्न। यसलाईप्यालिएटिभ (palliative) केमोथेरापी भनिन्छ। रगत वा lymphatic प्रणालीको क्यान्सरको उपचार गर्न, जस्तैleukemia र lymphoma.शरीरका अन्य भागहरूमा फैलिएको क्यान्सरको उपचार गर्न जसलाईमेटास्टेटिक (metastatic) क्यान्सर भनिन्छ।उपचार पछि फेरि फर्केर आउने क्यान्सरको उपचार गर्न जसलाईपुनरावर्ती (recurrent) क्यान्सर भनिन्छ। केमो थेरा पी कसरी दि इन्छ? केमोथेरापी विभिन्न तरिकामा दिन सकिन्छ:injected केमोथेरापी: औषधिहरू सीधै मांसपेशीमा injection कोमाध्यमबाट दिइन्छ। धेरै फरक केमोथेरापी औषधिहरू उपलब्ध छन्।केमोथेरापी औषधिहरू नितम्ब, तिघ्रा, हात वा पेटमा विभिन्न प्रकारकाक्यान्सरहरूको उपचार गर्न एक्लै वा संयोजनमा प्रयोग गर्न सकिन्छ।इंट्रा भेनस (IV) केमोथेरापी: धेरै औषधिहरूलाई सिधै नसामा इंजेक्शनगर्नु पर्ने हुन्छ। यी औषधिहरू हातको नसामा सुई भएको ट्यूबछिराएर वा छातीको नसामा रहेको उपकरणमा छिराएर दिइन्छ।यसलाई continuous infusion किमोथेरापी पनि भनिन्छ।Intra-arterial (IA) केमोथेरापी: औषधिहरू सिधै सुई वा नरम पातलोट्यूब (catheter) मार्फत क्यान्सरलाई बढाउने धमनी (artery)मापठाइन्छ।oral केमोथेरापी: केहि केमोथेरापी औषधिहरू मुखबाट लिन सकिन्छ।तिनीहरू ट्याब्लेट, क्याप्सूल वा तरल पदार्थमा हुन सक्छन्।tropical केमोथेरापी: केही प्रकारको छालाको क्यान्सरको उपचारगर्न केमोथेरापी औषधिहरू भएका क्रिम वा जेलहरू छालामा प्रयोगगरिन्छ।कुनै केमोथेरापी औषधिहरू सिधै शरीरको एक भागमा दिन सकिन्छ।यस श्रेणीमा निम्न केमोथेरापीहरू समावेश छन्:इन्ट्रा पेरिटोनियल (intraperitoneal) केमोथेरापी: यो औषधि सीधैperitoneal cavity मा दिइन्छ जसमा कलेजो, आन्द्रा, पेट र अंडाशयजस्ता अंगहरू पर्छन्। इन्ट्रा प्लुरल (Intrapleural) केमोथेरापी: औषधि सीधै छातीकोcavityमा दिइन्छ।इन्ट्रा थेकल (Intrathecal) केमोथेरापी: मेरुदण्ड र मस्तिष्क वरपरकोक्षेत्रमा पाइने cerebrospinal fluid (CSF) मा औषधि दिइन्छ।इन्ट्रा भेसिकल (Intravesical) केमोथेरापी: यो औषधि मूत्रमार्ग(urethra) मार्फत मूत्राशय (bladder)मा दिइन्छ। केमो थेरा पी का side effect हरू कस्ता हुन्छन्? विकिरण थेरापी वा शल्यक्रियाको विपरीत, जसले विशेष क्षेत्रहरूलाई लक्षित गर्दछ,केमोथेरापीले सम्पूर्ण शरीरमा काम गर्दछ। त्यसैले यसले छाला, कपाल, आन्द्रा रहड्डीको स्वस्थ कोशिकाहरूलाई पनि असर गर्छ। यही कारणले उपचारबाट विभिन्नside effect हरू निम्त्याउँछ, जस्तै: वाकवाकी लाग्नुउल्टी हुनुपखाला लाग्नुकपाल झर्नुभोक नलाग्नेथकान हुनुज्वरो आउनुमुखमा घाउ आउनुकब्जियतकेही केमोथेरापी औषधिहरूले अरु ढिलो-विकसित साइड इफेक्टहरू निम्त्याउनसक्छ जस्तै:दोस्रो क्यान्सरको जोखिमकब्जियतPeripheral neuropathy(स्नायु क्षति)बाँझोपनमुटुको समस्यामधुमेहमृगौला समस्याफोक्सोको तन्तुको ्षत Dr.Sudip Shrestha Founder & Executive Chairman Sr. Consultant Medical Oncologist Nepal Cancer Hospital & Research Center Designation: Founder and Chairman, Senior Consultant Medical Oncologist Qualification: MBBS, MD, Post Graduate Training in Medical Oncology Department: Medical Oncology Special interest: Chemotherapy, Immunotherapy, Targeted Therapy, Precision Medicine Consult now